इटहरीमा ‘क्यान इन्फोटेक २०२०’ आयोजना हुने,नौला प्रविधि र उपकरणको अवलोकन गर्न पाइने

<span class='c1'>इटहरीमा ‘क्यान इन्फोटेक २०२०’ आयोजना हुने,नौला</span> <span class='c2'>प्रविधि र उपकरणको अवलोकन गर्न पाइने</span>

इटहरी पुष १५ , 

इटहरीमा माघ १ गते देखी ५ दिने सूचना प्रविधि सम्बन्धि बृहत प्रदर्शनी ‘क्यान इन्फोटेक २०२०’ आयोजना हुने भएकाे छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ सुनसरीको आयोजना, क्यानमहासंघ प्रदेश नं. १ को सम्योजनमा उक्त प्रदर्शनी संचालन हुने जनाइएकाे छ । प्रदेश स्तरीय चौथो संस्करण क्यान इन्फोटेक इटहरी स्थित जनता स्कुलको खेल मैदानमा आयोजना हुने क्यान सुनसरीले जनाएकाे छ । नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउने उदेश्यका साथ साे प्रदर्शनी आयाेजना गरिएकाे आयोजकले जानकारी दिएको छ ।

इन्फोटेकमा आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रकेट प्रदर्शनी, रोबोटिक्स, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ, इण्टरनेट र लर्निङ सेन्टर, आईटी कलेजका बिद्यार्थीद्वारा निर्माण गरेका प्रोजेक्ट तथा रोजगार केन्द्र मुख्य हुने आयोजकले जानकारी दिएका छन । सूचना प्रविधि प्रर्दशनीमा क्यानमहासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ । प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नया“–नया“ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नुका साथै अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने क्यान सुनसरीका अध्यक्ष विशाल बास्तोलाले बताएका छन् ।

क्यान इन्फोटेक २०२० मा आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रकेट प्रदर्शनी, रोबोटिक्स, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ, इण्टरनेट र लर्निङ सेन्टर, आईटी कलेजका बिद्यार्थीद्वारा निर्माण गरेका प्रोजेक्ट तथा रोजगार केन्द्र मुख्य हनुका साथै इन्फाेटेकमा अपरेटिङ सिष्टम सफ्टवेयर, नेटवर्किङ सोल्यशन, मोबाइल फोन तथा सोलुशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु राखिने जनाइएकाे छ ।

त्यसै इन्फाेटेकमा आर्र्टि्फिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्