धनकुटाको भेडेटारमा आजदेखि आठौँ फुड फेस्टिबल शुरु

धनकुटाको भेडेटारमा आजदेखि आठौँ फुड फेस्टिबल शुरु

इटहरी पौष १५ ,

धनकुटाको भेडेटारमा आजदेखि आठौँ फुड फेस्टिबल शुरु हुने भएको छ ।

सांस्कृतिक झाँकी तथा साङ्गीतिक कार्यक्रम पनि प्रस्तुत हुने फेस्टिबलमा यस पटक २० हजार पर्यटकले अवलोकन गर्ने र १ करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य आयोजकले लिएको एसोसिएसनका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । फेस्टिबल र अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरेर भारतीय पर्यटकले कोठा बुक गर्न थालिसकेको उनको भनाइ छ ।

अघिल्लो वर्ष झैँ यस पटक पनि हेलिकोप्टरमार्फत् भेडेटार आसपास तथा प्रसिद्ध तीर्थस्थल पाथीभरा र हलेसीको दर्शन गराइने पनि उनले जानकारी दिए । फेस्टिबलको सह आयोजकमा आमा समूह, ज्येष्ठ नागरिक समाज भेडेटार र पाथीभरा क्लब रहेका छन् ।

त्यस्तै, सहयोगी अन्य संस्थामा साँघुरीगढी गाउँपालिका, प्रदेश सरकार, पर्यटन बोर्डलगायत रहेका छन् । कार्यक्रममा अर्गानिकका साथै स्थानीय तथा जातीय खानेकुराका परिकार पाइने, घोडचढी, प्याराग्लाइडिङ तथा भ्वाइस अफ नेपाल सिजन– २ का विजेता राम लिम्बूलाई पनि सम्मान गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्