नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन तयारी प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा जोडतोडले चलिरहेको छ । बिराटनगरको शहिद रंगशालामा जनवरी १ अर्थात पुष १६ गते हुने उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको छ । रंगशालालाई बेहुली झैँ सिंगारिएको छ ।
प्रदेश नम्बर १ क पर्यटन सम्भावनालाई जिल्ला अनुसार तस्बिर बनाएर रंगशालालाई सिंगारिदै छ । बुधबार ११ बजे देखि प्रदेश १ मा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरिने आयोजक समितिले जनाएको छ ।
उद्घाटनको दिन सबैलाई दिपावली मनाउन सरकारले आग्रह गरेको छ ।