अङ्ग्रेजी नयाँ वर्ष २०२० काे पहिलाे दिन आज ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’

अङ्ग्रेजी नयाँ वर्ष २०२० काे पहिलाे दिन आज ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’

काठमाण्डौ – आज (बुधबार) अङ्ग्रेजी नयाँ वर्ष २०२० काे पहिलाे दिन 'अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस' मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।

जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ । नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् ।

नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।

यो दिन नेपाल र नेपालबाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन् । याे लहरसँगै पछिल्लाे समय नेपाली टाेपी लगाउनेकाे सङ्ख्या बढिरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्