ससुराली घर जादैगर्दा भिरबाट लडेर बिश्वकर्माको मृत्यु

ससुराली घर जादैगर्दा भिरबाट लडेर बिश्वकर्माको मृत्यु

संखुवासभा । भोजपुरको साल्पासिलिचो गाउँपालिका २ घर भई संखुवासभाको सिलिचोङ गाउँपालिका(२ बस्दै आएका ४८ बर्षीय एकराज बिश्वकर्माको भिरबाट लडेर मृत्यु भएको छ ।मंगलवार राती ७ बजेको समयमा ससुराली घर तर्फ आउने क्रममा बाटोमा रहेको महाविर भिरबाट लडेर बिश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल चैनपुर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्