इलाममा पर्यटक विभिन्न जातजातिको परम्परागत पोशाकमा रमाउँदै

इलाममा पर्यटक  विभिन्न जातजातिको परम्परागत पोशाकमा रमाउँदै

इलाम  । कन्यामस्थित चिया बगान आउने आन्तरिक तथा बाह्य पर्यटक विभिन्न जातजातिको परम्परागत पोशाक लगाउन पाउँदा खुसी हुने गरेका छन् ।

घोडामा चढेर घुम्दै कन्याम डाँडा पुग्ने पर्यटहरु नेपालका विभिन्न जातजातिका सांस्कृतिक पहिरन लगाएर हरियाली चिया बगानमा फोटो खिच्ने र रमाउने गर्दछन् ।

चिसो मौसममा चिया बगान घुम्न आउने पर्यटकहरुले नेपालका सबै आदिवासी जनजातिको पोशाक लगाउन पाउने व्यवस्था गरिएको छ ।

लोप हुने अवस्थामा रहेका सांस्कृतिक पोशाक लगाउन पाउँदा आफुहरुलाई निकै खुसी लाग्ने गरेको उनीहरु बताउँछन् । पूर्वी नेपालमा बसोबास गर्ने राई, गुरुङ, लिम्बू, शेर्पा, तामाङ, मगर, सुनुवार र इलाममा मात्रै बसोबास रहेको लोपोन्मुख लेप्चा जातिको पोसाक लगाएर पर्यटक रमाउने गरेका छन् ।

सांस्कृतिक पोशाकमा पर्यटकहरु आकर्षित हुन थालेपछि यहाँका व्यावसायीहरुले आफ्नो श्रमको मुल्यसँगै राम्रो आम्दानी गर्न थालेका छन् । सूर्योदय नगरपालिकाको कन्याममा दैनिक १० हजारभन्दा बढी पर्यटकले भ्रमण गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्