भेडेटार फुड फेस्टिबलमा ७० लाख बढीको कारोबार

भेडेटार फुड फेस्टिबलमा ७० लाख बढीको कारोबार

धनकुटा । धनुकटामा आयोजित ८ औं भेडेटार फुड फेस्टिबलले करिब ७० लाख रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार गर्दै बिहीबार (आज) सम्पन्न भएको छ । पर्यटकियस्थल भेडेटारमा पुस १६ गते देखि सञ्चालन भएको फेस्टिबलमा भारत र आन्तरिक गरी २० हजारभन्दा बढि पर्यटकहरुले अवलोकन गरेका छन् ।

झाँकी र साँस्कृतिक कार्यक्रमले आर्कषण थपिएको फेस्टिबलमा विभिन्न जातीय खाना, घरेलु उद्योगका सामग्रीहरु, फलफुललगायतको व्यापार राम्रो भएको आयोजकले जनाएको छ । यस्तै, भेडेटारमा रहेका साना र ठुला गरी करीब ७० वटा होटलले फेस्टिबलमा न्यनतम ५० हजार देखि २ लाख सम्म कारोबार गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्