‘इन्काउन्टर विज्ञ’ डिएसपी कुमुद ढुंगेल फरार भएपछि अदालतमा मुद्दा दायर

‘इन्काउन्टर विज्ञ’ डिएसपी कुमुद ढुंगेल फरार भएपछि अदालतमा मुद्दा दायर

काठमाडौं । कुमुद ढुंगेललाई नेपाल प्रहरीभित्र ‘इन्काउन्टर विज्ञ’ का रुपमा चिनिन्छ । दिनेश अधिकारी भनिने चरी इन्काउन्टर देखि मनोज पुन इन्काउन्टरमा उनी चर्चा आएका थिए । तर, तिनै ढुंगेल अहिले फरारको सूचीमा छन् । संगठित अपराधीसँग साँठगाँठ गरेको अभियोग लागेपछि उनलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको थियो । उनीमाथि संगठित अपराधीसँग मिलेर खतरनाक हत्याको घटना घटाउन खोजेको आरोप समेत छ ।

निलम्बित डिएसपी कुमुद ढुंगेल, गुन्डा नाइके राजु गोर्खाली, नवराज तामाङ, सन्तबहादुर तामाङ, विक्रम श्रेष्ठ,सन्तोष तामाङ, विनु राई, उत्तम भ्लोन, सुशीला जोशी, दिपक रञ्जितकार, रविकुमार तामाङमाथि संगठित रुपमा आपराधिक क्रियाकलापको आरोप छ । यीमध्ये केहीलाई अदालतमा हाजिर गराइसकेपनि ढुंगेलसहित केही फरार छन् । फरार भएपछि उनीहरुलाई अदालतबाट पक्राउ पूर्जीको मागसहित मुद्दा दायर गरिएको छ ।

ढुंगेलसहित फरारलाई पक्राउ पूर्जी अदालतबाट जारी गर्न काठमाडौं जिल्ला अदालतमा बुधबार मुद्दा दायर गरिएको हो । उनीहरुबीच गत वर्षको २६ चैत्रमा रानीबारीमा भएको डकैतीमा साँठगाँठ देखिएको अभियोग छ । घटनाबारे प्रहरीले गहिरो अनुसन्धान गरी कारबाही बढाएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्