भोजपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक जनमुक्ति सेना सदस्यलाई प्रहरीले चाइनिज पेस्तोलसहित नियन्त्रणमा लिएको छ ।
पार्टीका केही दस्तावेजसहित पेस्तोल लिएर हिँडिरहेका दैलेख जिल्ला दुल्लु नगरपालिका-२ का २७ वर्षीय विरेन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बुधबार हतुवागढी गाउँपालिका-९, हसनपुरबाट थापालाई पक्राउ गरिएकाे हाे । खानतलासी गर्ने क्रममा इलाका प्रहरी कार्यालय घोरेटारको प्रहरी टोलीले उनको साथबाट ४ राउण्ड गोली, २ थान डायरी र पार्टीका केही दस्तावेज फेला पारेको थियो ।
पक्राउ परेका उनलाई बिहीबार नै जिल्ला प्रहरी कार्यालय भोजपुर ल्याएर अनुसन्धान थालिएको डीएसपी नरबहादुर सलामी मगरले जानकारी दिनुभयाे ।