मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेटको प्रदेश ३ सेमिफाइनलमा

मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेटको प्रदेश ३ सेमिफाइनलमा

इनरुवा । राष्ट्रिय टिमका पूर्वओपनर सुवास खकुरेलले उत्कृष्ट ब्याटिङसँगै प्रदेश ३ दोस्रो मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । जित्नैपर्ने खेलमा सुवासले अविजित ८५ रन बनाएपछि प्रदेश ३ ले प्रदेश १ लाई ७ विकेटले हरायो । तीन टिम मात्र रहेको समूह सीमा अपराजित प्रदेश ३ ले दुई खेलबाट ३ अंक जोड्यो र समूह विजेता बन्यो ।

वर्षाका कारण आउटफिल्ड भिजेकाले २८ ओभरमा छोट्याइएको खेलमा प्रदेश ३ ले १४५ रनको लक्ष्य २६ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गर्‍यो । उसका ओपनर खकुरेलले ७३ बल खेल्दै ७ का र ५ छक्काको मद्दतमा अविजित ८५ रन बनाए ।

यस्तै रित गौतम र जितेन्द्र सिंह ठकुरीले समान १७ रन तथा आदिल खानले ११ रन बनाए । प्रदेश १ का शुभान्कर उरावले २ तथा दिपेश कँडेलले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २८ ओभरमा सबै विकेट गुमाएर १४४ रन बनाएको थियो । प्रदेश १ को लागि कप्तान पुष्प थापाले अर्धशतक बनाए । प्रतियोगिताकै पहिलो अर्धशतक बनाउने क्रममा थापाले ४१ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गर्दै ५० रन बनाए । यस्तै मिनास थापाले २०, फिर्दोश अन्सारीले १८ तथा राज थापाले १० रन जोडे ।

प्रदेश ३ को लागि तिब्र गति बलर नन्दन यादवले ४ विकेट लिए । उनले ६ ओभर बलिङ गर्दा २२ रन खर्चिए । यस्तै रामनरेश गिरीले २ तथा प्रतिश जिसी, इशान पाण्डे र जितेन्द्र सिंह ठकुरीले समान १ विकेट लिए । प्रदेश ३ का कप्तान खकुरेल प्लेयर अफ द म्याच चुनिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्