क्यानडामा नेपाल भ्रमण वर्षको प्रचार, हरेक सहरमा नेपाल चिनाउने गतिबिधि

क्यानडामा नेपाल भ्रमण वर्षको प्रचार, हरेक सहरमा नेपाल चिनाउने गतिबिधि

टोरोन्टो । क्यानडाबासी नेपालीहरुले अंग्रेजी वर्ष २०२० लाई स्वागत गर्दै नेपाली टोपी दिवस मनाएका छन् । टोरोन्टो, ब्राम्पटन र मिसिसागामा एनआरएनए क्यानडा र विभिन्न स्थानिय संघसंस्थाहरुको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गरेको एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जिबी घिमिरेले बताए ।
क्यानडाका अन्य सहरहरुमा पनि विभिन्न प्लेकार्ड र व्यानरका साथमा नेपाल भ्रमण वर्षको प्रचार प्रसार गरिएको छ । टोरोन्टोको अति व्यस्त मानिएको डण्डास क्वायर क्षेत्रमा नेपाली समुदायका प्रतिनिधिहरुले नेपाली झण्डा र व्यानर फहराउदै नेपाल भ्रमण वर्षको प्रचारप्रसार गरेको त्यहाँबाट एनआरएनका मिडिया कोर्डिनेटर बद्री तिमल्सिनाले जानकारी दिए । कार्यक्रमलाई एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जिवी घिमिरे, महासचिव पिताम्बर भट्टराई, उपाध्यक्ष हेमन्त थापा लगायतले नेपाल भ्रमण बर्षलाई सफल बनाउनको लागि क्यानडामा अबधिभरी कार्यक्रमको आयोजना गरेर प्रचार प्रसार गरिने बताए ।
यसअघि एनआरएन क्यानडा, नेपाली साहित्य समाज क्यानडा, एनसीसी एसीसी (कम्युनिटी हाउस) र कास्की समाज क्यानडाको संयुक्त आयोजनामा ब्राम्पटन मिसिसागामा पनि सातौं अन्तर्रा्िष्ट्रय नेपाली टोपी दिवस मनाइएको थियो । उक्त कार्यक्रममा नेपाली संस्कृति र परम्परा झल्कने खालका पहिरन र नेपाली टोपीसहित सहभागीहरुले नेपाली टोपीको महिमा र नेपाल भ्रमण वर्ष २०२० को विषयमा प्रकाश पारेका थिए । प्रमुख अतिथि अन्टारियो मिनिष्टर परममित सरकारिया र विशेष अतिथि एम.पी.पी दीपक आनन्दले उक्त कार्यक्रमलाई सम्बोेधन गरेका थिए । कार्यक्रममा नेपाली संस्कृति र परम्परा झल्कने खालका पहिरन झल्कने प्रस्तुती देखाईएको थियो ।
एनआरएन उपाध्यक्ष विजय पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एनआरएन आइसीसीका मानार्थ सदस्य रविन्द्र घिमिरे, एनआरएन क्यानडाका सल्लाहकार ढुण्डिराज खनाल, प्रवासी नेपाली एकता मन्चबाट महासचिव अशोक खड्का, एन सी सी एसबाट अध्यक्ष विदुर केसी, जनसम्पर्क समितिबाट अध्यक्ष सुरेन्द्र खड्का, जनसम्पर्क समितिबाट महामन्त्री वसन्त कार्की, नेपाल साहित्य समाजका अध्यक्ष रविन थपलिया कम्युनिटी हाउसका अध्यक्ष तुलसी सापकोटाले महिला चौतारीबाट गिता दवाडी, जनजाति महासंघबाट उपाध्यक्ष याम गुरुङ, क्रिकेट क्लबबाट किरोज श्रेष्ठ, कम्युनिटी हाउसबाट महासचिव वाल चन्द्र श्रेष्ठले टोपी दिवस तथा भिजिट नेपाल २०२० को विविध पक्षमा आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा पुर्व एन सी एन सीका अध्यक्ष गायक तथा सर्जक गोविन्द घिमिरेले गीत, हेमराज काफ्ले, अशोक खड्का, किशोर ढकाल लगायतले कविता वाचन गरेका थिए । एनआरएन क्यानडाका सल्लाहकार मुगा राजभण्डारी, डा नारायण रेग्मी, प्रवक्ता दिनेश खतिवडा, एनआरएन क्यानडा सेन्ट्रल रिजनका हेल्प डेस्क कोअर्डिनेटर राम क्षेत्री, नेवागुठीका सुरेन्द्र लाल श्रेष्ठ, मगर संघबाट रमेश राना, लाली गुराँस क्लबबाट कृजल केसीले कार्यक्रममा सहभागिता जनाएका थिए । एनआरएन क्यानडाका महासचिब पिताम्बर भट्टराईले संचालन गरेको कार्यक्रममा कास्की आदर्श समाजका ग्लोबल संरक्षक गोपी कृष्ण काफ्लेले संस्थाले राम्रो कामको शुरूआत गरेको र भविष्यमा पनि निरन्तर सक्रिय रहेर काम गर्दै जाने विश्वास व्यक्त गरे । करिव तीन महिनाअघि नेपाल सरकारका पर्यटनमन्त्री योगेश भट्टराईको क्यानडा भ्रमणका समयमा एनआरएनए क्यानडाले नेपाल भ्रमण वर्षको प्रचारप्रसारका लागि विशेष कार्यक्रम गरेको थियो । नेपाल भ्रमण बर्ष शुरु भएसँगै बिभिन्न सहरमा नेपाल भ्रमण बर्षको बारेमा प्रचार प्रसार शुरु भएको छ । यसले क्यानडाका पर्यटकलाई नेपाल प्रती आकर्षित गर्ने उनीहरुको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्