आजबाट मौसममा क्रमिक सुधार आउने

<span class='c1'>आजबाट मौसममा क्रमिक</span> <span class='c2'>सुधार आउने</span>

काठमाडौं, पुस २० । आजबाट मौसममा क्रमिक सुधार आउने छ । लगातार तीन दिनदेखि खराब भएको मौसममा आजबाट सुधार आएने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशको पहाडी भुभाग लगायत उच्च हिमाली भुभागहरुमा आंशिक बदली रही बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ ।

काठमाडौंको मौसम पनि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ६ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम १३ देखि १५ डिग्री सेल्सियसबीच रहने महाशाखाले जनाएको छ ।

मौसम खुले पनि बिहान र बेलुका चिसो रही रहने हुनाले चिसोबाट जोगिन हुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्