संखुवासभा, पुस २० । संखुवासभामा शुक्रबारदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।
भारी हिमपातले जिल्लाका किमाथांका, गुफापोखरी, टुटेदेउराली, सभापोखरी, मादीलगायत क्षेत्रका बासिन्दा प्रभावित भएका छन् ।उक्त क्षेत्रमा तीन फिटसम्म हिउँ जम्दा पिउनेपानीको समस्या भएको छ ।
उत्तरी क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा पानी पर्नेक्रम नरोकिँदा चिसोले घरबाहिर निस्कने अवस्थासमेत नभएको स्थानीयले बताएका छन् ।चिसोले बालबालिका, बिरामी तथा वृद्धवृद्धा बढी प्रभावित बनेका हुन् ।
संखुवासभाका प्रहरी नायब उपरीक्षक मिमबहादुर लामाले किमाथांका नाका र गुफापोखरीमा भारी हिमपातका कारण सुरक्षामासमेत असर परेको बताए ।