धरानबाट सडकमा कस्टकर जीवन बिताइरहेका ३१ बालबालिकाहरुको उद्धार

धरानबाट सडकमा कस्टकर जीवन बिताइरहेका ३१ बालबालिकाहरुको उद्धार

सुनसरी, पुस २० । सुनसरीको धरान उपमहानगरपालिकाको भानुचोक क्षेत्रबाट शुक्रबार राति ३१ बालबालिकाहरुको उद्धार गरिएको छ ।

घर–परिवारबाट अपहेलित भएर सडकमा कस्टकर जीवन बिताइरहेका ३१ बालबालिकाहरुको उद्धार गरिएको हो ।

सरकारले सुरु गरेको सडक बालबालिका, बेवारिसे वृद्धवृद्धा तथा अशक्तहरुको संरक्षण अभियानअन्र्तगत् ३१ बालबालिकाको उद्धार गरिएको हो ।

सडक बालबालिकाको उद्धारका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ, प्रदेश नम्बर–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, सचिव चन्द्र घिमिरेसहित बालबालिका खोजतलास समन्वय केन्द्रका कर्मचारी र नेपाल प्रहरीको टोली धरान आएको थियो ।

बालबालिका उद्धार गर्न आएको मन्त्री गुरुङसहितको टोलीले सुरुमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईसहितका जनप्रतिनिधिहरुसँग छलफल गरी भानुचोकको सडकमा बसेका बालबालिका र अशक्त व्यक्तिहरुलाई भेला गरी उद्धार गरेको हो ।

धरानबाट उद्धार गरिएका ३१ बालबालिकालाई इटहरीस्थित सेभ द चिल्ड्रेन हाउसमा राखिएको बालबालिका खोजतलास समन्वय केन्द्र काठमाडौंका अधिकृत सन्तोषचन्द्र अधिकारीले जानकारी दिए ।

सडकबाट उद्धार गरिएका बालबालिकालाई केही दिन इटहरीमै राखेर ‘काउन्सिलिङ’ गरी काठमाडौं लगेर सुधारगृहमा राखी उनीहरु पूर्णरुपमा ठीक भइसकेपछि परिवारको जिम्मा लगाइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्