सामाजिक विकासमन्त्री सहितको सहभागितामा दमकबाट १५ जना सडक बालबालिकाको उद्धार

सामाजिक विकासमन्त्री सहितको सहभागितामा दमकबाट १५ जना सडक बालबालिकाको उद्धार

विष्णुप्रसाद पोखरेल/नवराज कट्टेल

दमक, पुस २० गते । शनिबार साँझ संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको समन्वयमा एकैसाथ झापाको दमकबाट १५ जना सडक बालबालिकाको उद्धार गरिएको छ ।

उद्धार कार्यमा १ नम्वर प्रदेशका सामाजिक विकासमन्त्री सहित दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी लगायत जनप्रतिनिधिको सहभागिता रहेको थियो ।
सडक बालबालिकालाई जाडोको न्यानो कपडा र मिठो खानेकुरा दिने भनेर एकिकृत गरेर बेलुका ७ बजे बालबालिका खोजतलास समन्वय केन्द्रको गाडिमा हालेर इटहरीतर्फ लगिएको थियो । उद्धारस्थलमा सामाजिक विकासमन्त्री घिमिरे १ नम्वर प्रदेशलाई केहि समयभित्र नै सडक बालबालिकामुक्त बनाइने बताउनुभयो ।

कम्यूनिष्ट सरकारले के गर्छ भनेर अब अनुभुत हुँदै जान्छ, उहाँले भन्नुभयो । प्रदेशमा कोहि पनि सडकमा बस्नु पर्ने र भोकै मर्नु पर्ने अवस्था हुन नदिने कार्यको शुरुवात भएको भन्दै यसमा सबैको साथको अपेक्षा रहेको उहाँले जनाउनु भयो । यो हाम्रो शुरुवातमात्र हो र यस्ता कामहरु अब निरन्तर भइरहन्छन्, उहाँको प्रतिबद्धता थियो ।

यसभन्दा अघि धरानबाट पनि यसरी नै बालबालिकाहरुको उद्धार गरिएको र अब प्रदेशका सबै शहरहरुमा आफुहरु पुग्ने उहाँले बताउनु भयो । अब सडक बालबालिकाहरुको जिम्मा राज्यले लिएर उनिहरुलाइ सुयोग्य नागरिक बनाएर देश विकासमा योगदान दिन सक्षम बनाएरमात्र छाड्छ, उहाँले भन्नुभयो ।

दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले आफुहरुले एक बर्ष अघि सडक बालबालिकाहरुलाइ उद्धार गरेर सुधार गृहमा राख्ने प्रयास गरेपनि उनिहरु केहि समयपछि फेरी पनि सडकमा नै आएको बताउनु भयो । अब भने सडक बालबालिकाहरुको दिगो ब्यवस्थापन हुनेमा आशाबादी भएका छौ, उहाँले भन्नुभयो ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक विजयराज पंण्डितले सढक बालबालिकाहरुका कारण चोरी, लुटपाट र अन्य बिभिन्न अपराधका घटनाहरु समेत घटेको भन्दै बारम्बार आफुहरुलाइ स्थानीयले उनिहरुलाइ पक्राउ गर्न दबाब दिने गरेको बताउनु भयो । अधिकाँशले लागुऔषध समेत प्रयोग गर्ने गरेका थिए ।

साभार : गोरखापत्र 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्