भुक्तानीमा निकै समस्या खेप्नुपर्ने भएपछि उखुखेतीप्रति किसानको आकर्षण घट्दो

भुक्तानीमा निकै समस्या खेप्नुपर्ने भएपछि उखुखेतीप्रति किसानको आकर्षण घट्दो

महोत्तरी, पुस २० गते । भुक्तानीमा निकै समस्या खेप्नुपर्ने भएपछि महोत्तरीका किसानले उखु खेती छाड्दै गएका छन् । कडा मिहिनेत र धेरै लगानी पर्ने उखुखेतीको भुक्तानीमा हण्डर खेप्नु परेपछि जिल्लाका किसानले उखुखेती छाड्ने क्रम बढेको हो ।

जिल्लामा २० वर्षअघि मुख्य नगदेबालीका रुपमा उखुखेती करिब १८ हजार बिघा गरिन्थ्यो । यो क्रम पाँच वर्षअघिदेखि घट्दै गएर यसपालि सात हजार बिघामा झरेको छ । गत वर्ष ११ हजार बिघामा उखु खेती थियो । अहिले तयार भएको सात हजार बिघामध्ये चार हजार ५०० बिघामा खुट्टी ९दोस्रो वर्षको उत्पादन० उखु छ । खुट्टी उखु काटेपछि त्यसमा अन्य बाली लगाइने भएकाले आउने वर्षमा स्वात्तै घट्ने उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहा बताउनुहुन्छ ।

यसपालि नयाँ उखुखेती गर्ने किसान खासै नदेखिएका हुँदा अर्को वर्षका लागि अहिले मुडन (पहिलो वर्षको उखु) रहेको दुई हजार ५०० बिघाको खुट्टी उखु रहनेछ । वर्षमा एकपटक मात्र उत्पादन लिइने उखुखेतीमा निकै मिहिनेत र लगानी लगाउनुपर्ने र भुक्तानीमा भने चिनी उद्योगले वर्षौं झुलाउने भएपछि किसानले बाध्य भएर उखुखेती छाड्दै जानुपरेको कुशवाहाको भनाइ छ ।

महोत्तरीमा मात्र नभएर वरपरका जिल्लामा पनि उखुखेती घट्दै गएपछि यस भेगमा स्थापित र सञ्चालित चिनी उद्योगलाई आगामी वर्षहरुम कच्चा पदार्थको अभाव हुने निश्चित छ । “हामी त खेतको उखुमात्र नभई उद्योग पनि हाम्रै हो भन्थ्यौँ, उद्योगलाई बुझाइएको उखुको मूल्य छ महिनाभित्र पाउँदासम्म दङ्ग नै हुन्थ्यौँ,” जिल्लाकै गौशाला नगरपालिका–१ रामनगर (एभरेष्ट चिनी उद्योग रहेकै बस्ती)का किसान धनलाल शाशङ्रले भन्नुभयो, “उद्योगले किसानलाई भुक्तानीमा वर्षांै झेलाउन थाल्यो । अब त बाहिरबाट उखु ल्याउँदा नगदै कारोवार गर्नु पर्ला नि १” उखुखेती घटेसँगै उद्योग खस्कने चिन्ता आपूmहरुलाई रहेको शाशङ्कर बताउनुहुन्छ ।

विश्वासिलो वातावरण सरकारले बनाउनसके सरकारकै विश्वासमा किसान फेरि उखुखेतीमा फर्कनसक्ने सम्भावना भने रहेको जिल्लाकै बर्दिवास नगरपालिका–९ पशुपतिनगरका किसान ब्रह्मदेव महतो बताउनुहुन्छ । उद्योग धराशयी बन्दा धेरैको रोजगारी गुम्नसक्ने देखिन्छ । जिल्लामा उखुखेतीलाई फेरि जगाउन किसानलाई समयमा बीउमल, खेतीखर्चबापत सहुलियत ऋण, मङ्सिर तेस्रो साताको प्रारम्भमै उखु क्रसिङ खोल्ने व्यवस्था र पहिले नै कबुलियत गरेर मूल्य निर्धारण तथा भुक्तानीको अवधि तोकिए जिल्लामा उखुखेती फेरि फस्टाउन सक्ने किसानको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्