नेपाल भ्रमण बर्षको आईतबार बेलबारीमा शुभारम्भ

नेपाल भ्रमण बर्षको आईतबार बेलबारीमा शुभारम्भ

बेलबारी  पुष २० ।  नेपाल भ्रमण बर्षको आईतबार बेलबारीमा शुभारम्भ गरिएको छ ।

प्रदेश १ का उद्योग,पर्यटन,बन तथा वाताबरणमन्त्री जगदिश कुसियैतले बेलबारीमा भ्रमण बर्ष सन २०२० को शुभारम्भ लेखिएको बेलुन सहितको ब्यानर उडाएर कार्यक्रमको शुभारम्भ गरेका थिए ।  प्रदेश १ मा भ्रमण बर्षमा ५ लाख पर्यटक भित्रयाउने लक्ष्य रहेको मन्त्री कुसियैतले बताए । बेलबारी ३ मा रहेको ड्रिमल्याण्ड फनपार्कको संयोजन र नेपाल भ्रमण बर्ष २०२० प्रदेशस्तरीय पर्यटन प्रर्बद्धन समितिको आयोजनामा सो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बेलबारीमा पर्यटकीय सम्भावना बोकेका बिभिन्न स्थानहरुको बारेमा मन्त्री लगायत उपस्थितलाई जानकारी गराईको फनपार्कका सञ्चालक समेत रहेका प्रदेशस्तरीय पर्यटन प्रर्बद्धन समितिको प्रचार उपसमितिका सदस्य बिजय सुवेदीले बताए । कार्यक्रममा बिभिन्न झाँकी सहित नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रदेशस्तरीय पर्यटन प्रर्बद्धन समितिको प्रचार उपसमितिका पुण्य भट्टराई , बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुबेदी लगायतको उपस्तिथी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्