दिप्रुङ चुईचुम्मा गाउँपालिका २ का वडाध्यक्षमाथि हातपात

<span class='c1'>दिप्रुङ चुईचुम्मा गाउँपालिका २</span> <span class='c2'>का वडाध्यक्षमाथि हातपात</span>

खोटाङ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–२, डाँडागाउँका वडाध्यक्षमाथि हातपात भएको छ । लेनदेनको विषयमा उत्पन्न विवाद समाधानका लागि छलफल गराउने क्रममा आइतबार वडाध्यक्ष भिमबहादुर खत्रीमाथि कार्यकक्षमै हातपात भएको हो । काका श्याम मंग्राती र भतिज अर्जुन मंग्रातीबीच लेनदेनको विषयमा भएको विवाद मिलाउनका लागि छलफल गराउने क्रममा अर्जुनले वडाध्यक्ष खत्रीलाई मुक्का हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।

छलफल गराउने क्रममा जाँडरक्सी खाएर आएका अर्जुन मंग्रातीले हातपात गरेको वडाध्यक्ष खत्रीले बताउनुभयो । यसै क्रममा मंग्रातीले सहायक कर्मचारीलाई समेत छातीमा मुक्का हानेको बताइएको छ ।

वडाध्यक्षलाई मुक्का हान्ने ३० वर्षीय मंग्रातीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएकाे प्रहरी निरीक्षक आमोदकुमार खेरबारले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्