अमेरिका र इरानबीचको तनावले खाडीमा रहेका नेपालीबारे चिन्ता, सरकार नै अन्योलमा

अमेरिका र इरानबीचको तनावले खाडीमा रहेका नेपालीबारे चिन्ता, सरकार नै अन्योलमा

काठमाडौं । अमेरिका र इरानबीच उत्पन्न तनावसँगै खाडी क्षेत्रमा रहेका नेपालीहरुबारे चिन्ता शुरु भएको छ ।

इराक र इरानसँगै अन्य राष्ट्रमा समेत यसको प्रभाव पर्न सक्ने भन्दै परिस्थिति थप चिन्ताजनक भएमा सरकारले त्यहाँ रहेका नेपालीहरुलाई कसरी उद्धार गर्ने भन्दै छलफल अघि बढाएको छ ।

त्यहाँ समस्या बढ्दै गए नेपालीको उद्धार र सहजीकरण कसरी गर्ने भन्ने विषयमा परराष्ट्र मन्त्रालय आफै अन्यौलमा छ ।

‘हामीले ती दुई मुलुक हेर्ने दूतावासलाई निर्देशन दिएका छौं भने खाडीमा रहेका अन्य दूतावासलाई पनि त्यहाँको परिस्थिति बारेमा बुझ्न भनेका छौं,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आइतबार अन्नपूर्णसँग भने, ‘समस्या बढेमा के गर्ने भनेर छलफल गरिरहेका छौं ।’

बैठकमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, दुवै मन्त्रालयका सचिवहरु र परराष्ट्रका खाडी क्षेत्र हेर्ने महाशाखा प्रमुख तथा श्रम मन्त्रालयका अधिकारीहरु सहभागी थिए ।

मन्त्रालयले खाडीमा ठूलो समस्या परे के गर्ने भनेर अहिलेसम्म विशेष अध्ययन र बहस गराएको थिएन । यस्तै समस्या पर्दा पटक–पटक भारतीय कामदारसँग उनीहरुकै सहयोगमा उद्धार गरेका विगत छ । -अन्नपूर्ण पोष्ट दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्