सागमा विजेता धराने खेलाडीलाई धरान उपमहानगरले गर्यो सम्मान

<span class='c1'>सागमा  विजेता धराने खेलाडीलाई</span> <span class='c2'>धरान उपमहानगरले गर्यो सम्मान</span>

धरान । धरान उपमहानगरपालिकाले १३ औं सागमा नेपाललाई पदक दिलाउने धराने खेलाडीलाई धरान बजार परिक्रमा गराई सम्मान गरेको छ । धरान डेको अवसरमा आयोजित धरान महोत्सवमा उनीहरूलाई नगदसहित सम्मान गरेको हो । १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा धरानबाट पदक विजेता खेलाडीहरुलाई प्रदेश नम्बर एकका मुख्यमन्त्रीको प्रमुख आतिथ्यतामा नगद सहित सम्मानीत गरेको हो ।

सागमा स्वर्ण पदक जित्नेलाई नगद ५० हजार, रजत जित्नेलाई ३५ र कास्य पदक हात पार्नेलाई २५ हजार प्रदान गरिएको छ । प्रदेश–१ बाट पदक विजेता खेलाडीहरुलाई प्रदेश सरकारले नगद सहित सम्मान गर्ने भएको छ ।

सागमा स्वर्ण पदक विजेता खेलाडीलाई तीन लाख, रजत विजेतालाई दुई लाख र कास्य पदक विजेतालाई एक लाख नगदसहित सम्मान गर्ने मुख्यमन्त्रीले घोषणा गरे । सागमा धरानकी सिना मादेन, निता गुरुङ, स्वस्तिका तामाङ लगायतका खेलाडीले पदक जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्