इलाम क्याम्पसमा चरम राजनीति, प्रशासनिक र शैक्षिक क्रियाकलाप अस्तव्यस्त

इलाम क्याम्पसमा चरम राजनीति, प्रशासनिक र शैक्षिक क्रियाकलाप अस्तव्यस्त

प्रकाश नेपाल

इलाम । इलाम सदरमुकाममा रहेको महेन्द्ररत्न बहुमुखी क्याम्पस (इलाम क्याम्पस) आन्दोलनको चपेटामा परेको छ ।

विभिन्न विषयमा असन्तुष्टि जनाउँदै विद्यार्थी संगठनले लामो समयदेखि आन्दोलन गरिरहँदा क्याम्पसको प्रशासनिक र शैक्षिक क्रियाकलाप अस्तव्यस्त बनेको छ ।

क्याम्पसमा लामो समयदेखि आन्दोलनकै कारण पठनपाठनसहितका अन्य क्रियाकलाप अवरुद्ध छन् । क्याम्पसको जग्गा, जागिर र सेवा सुविधालाई लिएर दसैं अगाडि नै चर्केको आन्दोलन अझै मत्थर हुन सकेको छैन ।विद्यार्थी आन्दोलनका कारण लामो समयदेखि क्याम्पस प्रमुखको कार्यकक्षमा तालावन्दी गरिएको छ ।

क्याम्पसमा आन्दोलनरत अनेरास्ववियु र अखिल क्रान्तिकारीले क्याम्पसका विभिन्न पक्षको सुधारका लागि भन्दै गएको मंसिर २ गतेदेखि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको बताएका छन् ।अर्कोतिर नेपाल विद्यार्थी संघले पनि क्याम्पसमा देखिएको अन्यौलले विद्यार्थीलाई परीक्षा फारम भर्न अवरोध पुगेको जनाउँदै तत्काल समस्या समाधानका लागि माग गरेका छ ।

तर तालाबन्दीले समस्या समाधान नहुने भएकाले तत्काल बार्ता गर्नुपर्ने क्याम्पसका नेविसंघ संयोजक अल्फा राईको भनाइ छ ।शैक्षिक प्रशासन बन्द भएपछि क्याम्पसमा संचालन हुँदै आएको पुस्तकालयको कामसमेत प्रभाबित बनेको छ ।

क्याम्पसमा दैनिकजसो विद्यार्थी, प्राध्यापक र कर्मचारीका विज्ञप्ति निस्कने गरेका छन् । पछिल्लो समयको आन्दोलन क्याम्पस प्रमुखले राजीनामा दिनुपर्ने मागमा केन्द्रित हुन थालेको छ ।तर क्याम्पस प्रमुख रामप्रसाद गुरागाई भने आफू नीति नियमबमोजिम नै क्याम्पसको गुणस्तर सुधार गर्न लागिपरेको दाबी गर्छन ।

शैक्षिक क्षेत्रको आन्दोलनलाई राजनीतीकरण गर्न नहुने क्याम्पस प्रमुख गुरागाई बताउँछन् ।स्वार्थकेन्द्रित विद्यार्थी संगठन र अटेर प्रशासनका कारण विद्यार्थीको भविष्यमै खेलवाड गर्न खोजिएकोप्रति सरोकारवालाको चासो बढ्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्