दादरबैरियाका तीन सय ७० विपन्नलाई न्यानो कपडा बितरण

<span class='c1'>दादरबैरियाका तीन सय ७०</span> <span class='c2'>विपन्नलाई न्यानो कपडा बितरण</span>

विराटनगर । मोरङको धनपालथान गाउँपालिका– ५ दादरबैरियाका तीन सय ७० जना विपन्न समुदायका ब्यत्तिःलाई जाडोको न्यानो कपडा वितरण गरिएको छ । धनपालथान ५ वडा कार्यालयमा सोमबार एक कार्यक्रम आयोजना गरि जाडोको न्यायो कपडा वितरण गरेको हो ।
वडाका ५० जना सुत्केरी महिला, करिब ३० जना अपाङ्ग र ३ सय जना आर्थिक रुपमा विपन्न परिवारलाई जाडोको न्यायो कपडा वितरण गरिएको धनपालथान गाउँपालिका ५ का वडा अध्यक्ष गयानन्द सरदारले जानकारी दिए । उनका अनुसार ३ लाख ५० हजार मुल्य बरावरको जाडोको न्यायो कपडा वितरण गरिएको छ ।
जाडो बढेपछि यहाँका विपन्न सामुदायहरुलाई जाडोमा न्यानो हुने कपडा वितरण गरिएको वडा अध्यक्ष सरदारले बताए । विपन्न सामुदायहरुललाई न्यानो कपडा प्रतिनधि सभाका संसद शिवकुमार मण्डल, नेकपाका नेता भोगेन्द्र यादव, धनपालथान ५ का वडा अध्यक्ष सरदार, इलका प्रहरी कार्यालय रङगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहाललगायले कपडा वितरण गरे ।
सोही अवसरमा सामुदायसँग प्रहरी कार्यक्रम अन्तर्गत इलका प्रहरी कार्यालय रङ्गेलीले पनि जाडोमा आगो ताप्ने दाउँरा वितरण गरेको प्रहरी निरीक्षक दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्