जहदा गाउँपालिकाको लक्ष्मिनिया युवा क्लबको आयोजनामा क्रिकेट प्रतियोगिता हुदै

जहदा गाउँपालिकाको लक्ष्मिनिया युवा क्लबको आयोजनामा क्रिकेट प्रतियोगिता हुदै

लक्ष्मिनिया युवा क्लबद्वारा वडा अध्यक्ष कप नक आउट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता पौष २६ गते शनिबार देखि हुन गइरहेको छ। उक्त प्रतियोगिता जहदा गाउँपालिका वार्ड न. ४,रामचौकमा रहेको फिल्डमा हुनेछ।

जहदा गाउँपालिकाका सबै वडा, कटहरी,धनपालथान,विराटनगर र भारत गरी कुल १६ टिम सहभागी रहेको टुर्नामेन्टको विजेतालाई नगद रु. ५१,०००/- र उपविजेता लाई नगद रु. २१,०००/- सहित प्रमाण पत्र, कप र मेडल दिइने लक्ष्मिनिया युवा क्लबका अध्यक्ष नितेस कुमार साहले जानकारी दिए।

उक्त टुर्नामेन्ट पुस २६ गते शनिबार देखि माघ ५ गते आइतबार सम्म चल्ने छ । जहदा गाउँपालिका वडा न. ४ को आर्थिक सहयोगले उक्त टुर्नामेन्ट आयोजना हुदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्