प्रदेश नम्बर–१ को ‘मिनी मुस्ताङ’ : साधुटारमा हिउँ खेल्न जाने पर्यटकहरुको चहलपहल

प्रदेश नम्बर–१ को ‘मिनी मुस्ताङ’ : साधुटारमा हिउँ खेल्न जाने पर्यटकहरुको चहलपहल

प्रकाश नेपाल 

इलाम, पुस २३ । प्रदेश नम्बर–१ को पाँचथरस्थित साधुटारमा हिउँ खेल्न जाने पर्यटकहरुको चहलपहल बढेको छ ।बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएपनि हिउँ खेल्न जाने आन्तरिक पर्यटकको लर्को नै लाग्न थालेको हो ।

मौसममा परिवर्तन भएसँगै पाँचथरको साधुटारमा यतिबेला झन्डै आधा फिट बाक्लो हिउँ सडक तथा खुला क्षेत्रमा जम्मा भइसकेको छ ।पौवाभञ्ज्याङ आसपासका घरका छाना, रुख–बिरुवा, भिरालो जमिन, खोंच, सडक सबै हिउँले सेताम्य बनेका छन् ।बढ्दो चिसोसँगै स्थानीयको जनजीवन केही कस्टकर बनेको छ । तर, पर्यटक भने हिउँसँग खुब रमाएका छन् ।

कोही हिउँमानव बनाएर उसैसँग ‘सेल्फी’ लिइरहेका भेटिन्छन् भने कोही हिउँको डल्लो एकार्कालाई हिर्काउँदै रमाएका भेटिन्छन् । कोही हिउँ आकाशतिर फाल्दै ‘हिउँवर्षा’को अनुभव संगालिरहेका छन् ।

हिउँ परेपछि सडकमा सवारी–साधन आवत–जावतमा भने समस्या आएको छ ।‘मिनी मुस्ताङ’का नामले परिचित साधुटारमा पहिलोपटक हिउँ खेल्न पुगेका विदेशी पर्यटक अझै मख्ख देखिन्छन् ।

हिमपातका कारण इलामका सन्दकपुर, कालपोखरी, जौबारी, तुम्लिङलगायतका सीमावर्ती पर्यटकीय बजार सेताम्य भएका छन् ।हिमपातपछि चिसो धेरै बढ्दा यहाँका व्यवसायी र पशुपालक कृषक भने समस्यामा छन् ।

यस क्षेत्रमा घरबाहिर निस्कने अवस्था नभएकाले धेरैले आगो तापेरै दिन बिताउने गरेका छन् । कतिपय ठाउँमा हिउँ नपग्लिएका कारण यातायातसमेत ठप्प बनेको छ ।

ठूला सवारीभन्दा साना सवारी–साधन चिप्लिएर यात्रा गर्न समस्या भएको छ । राँके क्षेत्रमा हिउँ परेपछि खेल्न जानेको संख्या बढेको छ । -इमेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्