मोरङको रतुवा खोलाको डिलमा रहेको काँसघारीमा एक पुरुषको शव फेला

<span class='c1'>मोरङको रतुवा खोलाको डिलमा रहेको</span> <span class='c2'>काँसघारीमा एक पुरुषको शव फेला</span>

विराटनगर पुष २३ ,

मोरङको रतुवामाई नगरपालिका–७ रतुवा खोलाको डिलमा रहेको काँसघारीमा एक पुरुषको शव फेला परेको छ ।
पहेंलो टिसर्ट लगाएको र हातमा एभरेडी लाइट बोकेको अवस्थामा मंगलबार साँझ शव भेटिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । प्रहरीकाअनुसार अन्दाजी ६०÷६५ वर्षको जस्तो देखिने तराईको मुलको पुरुष मृत भेटिएको हो ।

काहिँबाट आएका पुरुष गन्तव्यसम्म पुग्न नसक्दा त्यहाँ चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको हुन सक्ने प्रहरीको भनाइ छ । शव पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएको छ । मृत भेटिएका पुरुषको पहिचान हुन नसकेको र घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्