मौसम : देशको पुर्वी भागमा आज र भोलि बर्षा र हिमपात हुने

मौसम : देशको पुर्वी भागमा आज र भोलि बर्षा र हिमपात हुने

पश्चिमी न्युन चापिय प्रणालीको प्रभावले आज देशभरको मौसम सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको छ । हिजोदेखिको वर्षाले उच्च हिमाल भेगमा हिमपात भइरहेको पनि महाशाखाले जानकारी दिएको छ ।

। काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ६ दशमलब १ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम १० देखि १२ डिग्री सेल्सियसबीच रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षा र हिमपातका कारणले जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउनुका साथै यात्रा गर्दा सावधानी अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

गत मंगलबारबाट बदली भएको मौसममा सुधार नहुँदा जनजीवन कष्टकर बनेको छ । मध्य  र पुर्वी भागमा भोलि पनि बर्षा र हिमपात हुने महाशाखाले जानकारी दिएको छ ।

त्यस्तै, महाशाखाले यो तेस्रो हिउँदे वर्षा नसकिँदै नेपालमा चौंथो चरणको वर्षा गराउने नयाँ न्यूनचापीय प्रणाली पश्चिमबाट प्रवेश गर्ने तयारीमा रहेको जनाएको छ ।

नेपालतिर आउँदै गरेको उक्त प्रणालीका कारण फेरि सोमबारदेखि वर्षाको संकेत गरिरहेको मौसमविद्ले जानकारी दिए । शुक्रबार पनि मौसम बदली नै हुने जनाइएको छ ।

बदली तथा वर्षा भएका कारण अधिकतम तापक्रम कम हुने भएकाले देशभर जाडो अत्याधिक बढने भएकाले सतर्कता अपनाउनु सुझाव दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्