प्रदेश नम्बर १ को गुराँसको राजधानी तिनजुरे-मिल्के-जलजले क्षेत्र हिउँले ढाकेपछि ! (तस्वीरसहित)

<span class='c1'>प्रदेश नम्बर १ को गुराँसको राजधानी</span> <span class='c2'>तिनजुरे-मिल्के-जलजले क्षेत्र हिउँले ढाकेपछि ! (तस्वीरसहित)</span>

कविराज घिमिरे

धनकुटा । तिनजुरे–मिल्के–जलजले क्षेत्र भन्ने बित्तिकै जो कोहि लाई गुराँसको याद आउने गर्दछ । तर केहि बर्ष यता भने गुराँस मात्र नभई हिउँ खेल्नको लागि पनि यो स्थान निक्कै लोकप्रिय बन्दै गएको छ ।

गुराँसको राजधानीको रुपमा चिनिने तिनजुरे–मिल्के–जलजले क्षेत्रमा यतिबेला भने हिउँले ढपक्कै ढाकेको छ । त्यहीँ हिउँ खेल्न तिनजुरे क्षेत्रमा आन्तरिक पर्यटकको ओइरो लागेको छ ।

 

यो क्षेत्र खास गरी गुराँस फुल्ने सिजन अर्थात चैत्र बैसाखमा मात्र पर्यटकको रोजाइमा पर्ने गरेको थियो । तर केहि बर्ष यता भने हिउँदमा पनि धेरै चहलपहल हुन थालेको छ ।

अरुबेला हिउँ हेर्न धेरै टाढा पुग्नु पर्ने भएपनि यो सिजनमा नजिकै हिउँ हेर्न र खेल्न पाइने भएकाले यहाँसम्म हिउँ खेल्न आएको पर्यटक बताउँछन् ।

 

यो सिजनमा मात्र यहाँ तिन पटक हिउँ परिसकेको छ । एक पटक परेको हिउँ करिब एक हप्तासम्म रहने गर्दछ । तिनजुरेमा अवस्थित आरआर गार्डेनमा मात्रै औसतमा दैनिक हिउँ खेल्न दुई हजार भन्दा बढि आन्तरिक पर्यटक आउने गरेका छन् ।

पूर्वी तराईसहित काठमाडौं तथा भारतका सिमावर्ती क्षेत्रबाट समेत हिउँ खेल्न पर्यटक आउने गरेको स्थानीय डिक बहादुर गुरुङ्ग बताउँछन् ।

 

तिनजुरेको आर आर गार्डेन बाहेक अन्य क्षेत्रमा पनि पर्यटकको उत्तिकै चहलपहल हुने गरेको छ । धनकुटास्थित पटेक डाँडो, चित्रे बजार, पाथिभरा क्षेत्र हुँदै गुफापोखरीसम्म पर्यटक हिउँ खेल्न पुग्ने गरेका छन् ।

पर्यटकको लागि यो सिजन आफसिजन मान्ने गरिन्छ, तर केहि बर्ष यता भने हिउँकै कारण यो सिजन समेत चहलपहल पुर्ण बन्ने गरेको छ ।

समाचार साभार : इमेज

तस्बिर साभार : प्रिया सुबेदी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्