राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम नामावली प्रकाशन हुँदै,उम्मेद्वारलाई चुनाव चिन्ह आजै दिइने

राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम नामावली प्रकाशन हुँदै,उम्मेद्वारलाई चुनाव चिन्ह आजै दिइने

काठमाडौं, पुस २५ । निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम नामावली प्रकाशन गर्दै छ ।

आयोगको पूर्वनिर्धारित तालिका अनुसार मनोनयनपत्र दर्ता गराएका उम्मेदवारका लागि नाम फिर्ता लिन हिजो अपरान्ह ४ बजेसम्मको समय निर्धारण गरेको थियो ।

तर कसैले पनि नाम फिर्ता नलिएको आयोगले जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० बजे देखि दिउँसो १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिनको १ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।

नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यको पदावधि ६ वर्षको हुन्छ । संविधानको धारा ८६ (३) बमोजिम प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुँन लागेको हो ।

संविधान निर्माणपछि बनेको पहिलो राष्ट्रिय सभाको कार्यकाल भने गोलाप्रथाद्वारा २ वर्ष, ४ वर्ष र ६ वर्ष निर्धारण गरिएको छ । स्थायी सदनका रूपमा परिकल्पना गरिएको राष्ट्रिय सभा ५९ सदस्यीय हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्