राष्ट्रिय सहकारी महासंघको उपाध्यक्षमा बिराटनगरका रमेश पोखरेल निर्वाचित

राष्ट्रिय सहकारी महासंघको उपाध्यक्षमा बिराटनगरका रमेश पोखरेल निर्वाचित

सुभाष भण्डारी
काठमाडौैँ । राष्ट्रिय सहकारी महासंघको उपाध्यक्षमा बिराटनगरका रमेश पोखरेल निर्वाचित भएका छन् । नेकपा र नेपाली कांग्रेसको संयुक्त उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार बनेका पोखरेल विजयी भएका हुन् । संयुक्त उम्मेदवारका डिल्लीराम तिवारीलाई ३७ मतले पछि पार्दै पोखरेल बिजयी भए । काठमाडौँमा सम्पन्न भएको निर्वाचन पछि पोखरेलले १४३ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी तिवारीले १०६ मत प्राप्त गरे । पोखरेल नेकपा निटकका सहकारीकर्मी हुने । उनले पार्टीको तर्फबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनलाई निवर्तमान अध्यक्ष केशव बडालले साथ दिएका थिए भने सहकारीकर्मीको समर्थन रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्