सुनसरीको बर्जु, गढी र दुहबीका निम्नस्तरका समुदायलाई न्यानो कपडा वितरण

सुनसरीको बर्जु, गढी र दुहबीका निम्नस्तरका समुदायलाई न्यानो कपडा वितरण

सुनसरी । तराईमा यतिबेला शितलहरले जनजिवन प्रभावित छ । कमजोर आर्थिक अवस्था भएका, गरिबीको चपेटामुनी रहेका तथा निम्न वर्गलाई पुस माघको जाडो कटाउन धौधौ भइरहेको अवस्थामा पूर्वराज्यमन्त्री भगवती चौधरीले न्यानो कपडा वितरण गरेकी छिन् ।

सुनसरी निर्वाचन क्षेत्र नं. ३ अन्र्तगत नेतृ चौधरीले सुनसरीको बर्जु, गढी र दुहबीका निम्नस्तर भएका समुदायलाई न्यानो कपडा वितरण गरेकी हुन् ।

नेतृ चौधरीले बिहिबार, शुक्रबार दुई दिन लगाएर आफ्ना क्षेत्रका जनताका पिरमर्का समेत सुन्दै आर्थिक रुपले कमजोर समुदायलाई जाडोबाट बच्न न्यानो कपडा वितरण गरेकी हुन् ।

उनले बर्जु गाउँपालिका वडा नं. ३, ५, ६ का जनतालाई जाडोबाट बच्न ब्ल्याङकेट वितरण गरेकि छन् । भने, गढी ३ औराबनीको मुसहर बस्तीमा समेत ब्ल्याङकेट वितरण गरेकी छिन् । यसैगरी नेतृ चौधरीले सुनसरी दुहवी नगरपालिका ७ स्थित मुसहर बस्तीमा पनि न्यानो कपडा वितरण गरेकी छिन् । सुनसरी क्षेत्र नं. ३ कै गरिब बस्तीमा गनिने उक्त क्षेत्रहरुमा नेतृ चौधरी राहत लिएर उपस्थित हुँदा उक्त क्षेत्रका महिला, बालबालिका मात्र नभएर बृद्धबृद्धा समेत खुसी र कृतज्ञ भएका थिए । स्थानीय बृद्दबृद्धाहरूले आफ्नै छोरीबेटी ठानेर आशिर्वाद समेत दिए ।

जबजब नेतृ चौधरी आफ्ना स्थानीय जनताका घरदैलो पुग्छिन केहि न केहि दिइरहन्छिन् । केहि महिना अघि मात्र चौधरीले आफ्नै घरमा बोलाएर सुनसरीका करिब सातसय एकल महिलालाई सम्मान समेत गरेकि थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्