उपसभामुखलाई राजीनामा गर्न लगाउने नेकपाको निर्णय

उपसभामुखलाई राजीनामा गर्न लगाउने नेकपाको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई राजीनामा गर्न लगाउने निर्णय गरेको छ ।

नेकपा सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।बैठकले सभामुख उम्मेदवार को भन्ने विषयमा भने निर्णय गर्न सकेन । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार नेकपाले उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई राजीनामा गर्न लगाउने निर्णय गरेको छ ।

“नेकपाको तर्फबाट सभामुखमा उम्मेदवारी दिने निर्णय भएको छ,” उनले भने, “त्यसका लागि उपसभामुखले राजीनामा दिने निर्णय पनि भएको छ ।” तर उपसभामुख तुम्वाहाङ्फे ले भने यसबारेमा भोलि नै धारणा सार्वजनिक गर्ने बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्