भ्रमण वर्षको प्रवर्द्धन गर्न धनकुटामा पदयात्रा

<span class='c1'>भ्रमण वर्षको प्रवर्द्धन</span> <span class='c2'>गर्न धनकुटामा पदयात्रा</span>

धनकुटा । नेपाल भ्रमण वर्षको प्रवर्द्धनका लागि धनकुटामा १० किलोमिटर दूरीमा पदयात्रा गरिएको छ।  सवारीसाधनको प्रयोगसँगै छोटो दूरीमा समेत पैदल यात्रा गर्न छोडिसकेका बेला शनिबार धनकुटामा ३०० जनाभन्दा बढीले पदयात्रा गरेका छन्।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पर्यटकीयस्थल भेडेटार नजिकैको ऐतिहासिक साँगुरीगढी भन्ज्याङदेखि फेदीसम्म पदयात्रा गरिएको हो। नेपाली सेनाको वरख गण धनकुटाको आयोजनामा बिहान ९ बजेदेखि सुरु भएको यात्रा अपराह्न फेदीमा पुगी सम्पन्न भएको थियो। पदयात्रा गर्ने गन्तव्यको रुपमा विकास गर्न तथा ऐतिहासिक स्थलको प्रचारका लागि यात्राको आयोजना गरिएको र फलदायी भएको गणपति प्रमुख सेनानी भगवान थापा मगरले बताए। चिकित्सकहरुका अनुसार मानिसका लागि दिनमा केही घण्टा हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक रहेको हुनाले नेपाल भ्रमण वर्ष स्वास्थ्यका लागि फाइदाजनक काम गरेर सुरु गरौँ भनेर पदयात्रा आयोजना गरिएको गणपति थापा मगरले बताए।

चार दशकअघि कोसी राजमार्गको धरान–धनकुटा सडकखण्ड निर्माण अगाडि धनकुटाबाट धरान जान र आउन यही बाटो हिँडिन्थ्यो। राजमार्ग बनेसँगै पछिल्लो समय मानिसले पैदल यात्रा गर्न छाडेका छन्।  भेडेटार–साँगुरीगढी–फेदीसम्मको उक्त स्थानमा पहिलो पटक भएको पदयात्रामा धनकुटा नगरपालिकाकी उपप्रमुख सकुन्तला बस्नेत, धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर घिमिरेसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसकर्मी, पत्रकार, नागरिक समाज, राजनीतिक दल, लेडी जेसिस लगायत विभिन्न संघसंस्थामा आवद्ध व्यक्तिहरुले सहभागी थिए। सहभागीलाई साँगुरीगढी गाउँपालिकाले स्वागत तथा भोजनको व्यवस्था गरेको थियो भने नेपाल रेडक्रसले प्राथमिक उपचारको टोली व्यवस्थापन गरेको रेडक्रस धनकुटाका मन्त्री हरिकुमार राईले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्