एक प्रहरी हबल्दारले आफैँलाई गोली हानेर आत्महत्या गरे

<span class='c1'>एक प्रहरी हबल्दारले आफैँलाई</span> <span class='c2'>गोली हानेर आत्महत्या गरे</span>

जाजरकोट : जाजरकोटमा एक जना प्रहरी हबल्दारले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् ।

आइतबार बिहान ७ बजेतिर उनले आफैँलाई गोली हानी आत्महत्या गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

बाजुरा जिल्ला स्थायी घर भएका प्रहरी हबल्दार भोजबहादुर कठायत चार महिनादेखि नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय  दल्लीमा कार्यरत थिए ।

घुमुवा प्रहरीको रुपमा कार्यरत ३५ वर्षीय कठायतले किन आत्महत्या गरे भन्नेबारे केही खुलेको छैन । घटनाबारे छानविन गर्न टोली परिचालन गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्