ताप्लेजुङमा तरुलको व्यापार बढ्दो

ताप्लेजुङमा तरुलको व्यापार बढ्दो

ताप्लेजुङ  । माघे संक्रान्ति नजिकिएसँगै ताप्लेजुङका हाटबजारमा तरुलको व्यापार बढेको छ । स्थानीय हाटबजारमा तरुल बेच्ने व्यापारीको भीड देखिन थालेको छ । सदरमुकाम फुङलिङका तरकारी तथा फलफूल पसलमा समेत तरुलको मागसँगै आपूर्ति पनि बढेको व्यापारीहरू बताउँछन् ।

संक्रान्तिको मुखमा तरुलको व्यापार राम्रो हुने भएकाले ग्रामीण क्षेत्रका किसान तरुल खन्न र बजार ल्याउन व्यस्त छन् । यतिबेला सदरमुकाम नजीकका मात्र नभई टाढा टाढाका किसानले समेत तरुल ल्याएर विक्री गर्ने गरेको बजारका व्यापारी बताउँछन् ।

किसानले बजारमा तरुलसँगै स्कुस, वनतरुल पनि बिक्रीको लागि ल्याउने गरेका छन् । वन तरुल कमै मात्रामा पाइने भएकाले अन्य तरुलको भन्दा केही महँगोमा बेच्ने गरिएको किसानले बताएका छन् । यहाँका हाटबजारमा विभन्नि प्रजातिका तरुल प्रतिकिलो ३० देखि १०० रुपैयाँसम्ममा किनबेच भइरहेको छ भने वनतरुल १२० देखि १५० रुपैयाँसम्ममा विक्री हुने गरेको छ । बजारमा किसानले तरकारी पसलको तुलनामा केही सस्तो मूल्यमा तरुल बेच्ने गरेका छन् । वर्षेनि माघे संक्रान्तिका बेला तरुलको व्यापार गर्दै आएका स्थानीय रामबहादुर लिम्बूले वनमा गएर खोज्न र खन्न निकैै मेहनत गर्नुपरे पनि यसको मूल्य राम्रो पाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्