खानेपानीको माग गर्दै धरानवासी आन्दोलनमा

खानेपानीको माग गर्दै धरानवासी आन्दोलनमा

धरान। समयमै खानेपानी परियोजना सम्पन्न हुन नसक्दा पानीको माग गर्दै धरानवासीले आन्दोलन शुरू गरेका छन् । एशियाली विकास बैंकको ऋण तथा अनुदानमा सञ्चालन भएको धरान खानेपानी परियोजना सम्पन्न गर्न खानेपानी संस्थानले ढिलाइ गरेको भन्दै  जनप्रतिनिधिसहित स्थानीयले आन्दोलन गरेका हुन् ।

खानेपानी संस्थानले पाइप बिछ्याउने काममा ढिलाइ गरी कृत्रिम अभाव सृजना गरेको भन्दै धरान नगरपालिका–९ का वडाध्यक्ष रत्नबहादुर कटुवालको अगुवाइमा स्थानीयले विरोध प्रदर्शन गरेका छन् । शनिवार वडा कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनीहरूले संस्थानले तोकिएको समयमा पानी नछाडेको, उपभोक्तालाई थप पाइप बिछ्याउन लगाउँदै व्यापार गरेको आरोप लगाएका छन् । स्थानीयले पानी नपाएपछि महशुल समेत नतिर्ने चेतावनी दिएका छन् । ‘धरान खानेपानी बोर्ड र खानेपानी संस्थानबीचको द्वन्द्वले धरानमा खानेपानी पिउन पाएका छैनन्, जहिल्यै हिउँद याममा काकाकुल नै बस्नुपर्ने ?’ कटुवालले भने ।

धरानवासीलाई काकाकुल बनाउँदै बीपी प्रतिष्ठानलाई पानी बेचेको स्थानीयबासीको आरोप छ । स्थानीयवासी शिव राईले भने, ‘बीपी प्रतिष्ठानलाई पानी बेच्ने खानेपानी संस्थानले धरानलाई काकाकुल बनाउन पाइँदैन ।’ पानीको मुहानबाट पानी आए पनि संस्थानको लापरबाहीले धरानवासीले पानी उपभोग गर्न नपाएको उनको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्