धनकुटा अस्पतालको अवस्था : पर्याप्त पूर्वाधार छ तर बिमारी जाँच्ने डाक्टर छैनन्

धनकुटा अस्पतालको अवस्था : पर्याप्त पूर्वाधार छ तर बिमारी जाँच्ने डाक्टर छैनन्

धनकुटा । जिल्ला अस्पताल धनकुटामा चिकित्सक नहुँदा समस्या भएको छ । दरबन्दी अनुसारको चिकित्सक नभएका कारण पूर्वी पहाडको सबैभन्दा जेठो अस्पताल जिल्ला अस्पताल धनकुटामा सामान्य सेवा समेत प्रवाह गर्न समस्या भएको हो ।जिल्ला अस्पतालमा यस अघि गर्दै आएको हर्निया, हाईड्रोसिल र एपेण्डिसाईटस जस्ता रोगहरुको अप्रेशन अहिले हुन छाडेको छ । भौतिक पूर्वाधार र सामाग्री भएपनि  चिकित्सक नहुँदा यी सेवाहरु गएको एक वर्षदेखि ठप्प भएका छन् ।

एक वर्षदेखि निमित्त मेडिकल सुपरिटेण्डेन्टको भरमा चल्दै आएको जिल्ला अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट नभएकै कारण यी सेवाहरु ठप्प भएका हुन् ।

जिल्ला अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट एक र मेडिकल अधिकृत दुई गरी जम्मा तीन जना चिकित्सकको दरबन्दी भएकोमा हाल मेडिकल अधिकृत एकजना मात्र कार्यरत छन् ।दन्त चिकित्सकको दरवन्दी नभएका कारण सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्नशिप दन्त चिकित्सकको भरमा सेवा सञ्चालन हुँदै आएको छ ।

जिल्ला अस्पतालहरुमा सेवा तथा उपकरणहरुको उपलब्धता बढ्दै गए पनि उपचार गर्ने चिकित्सकहरुको पदपूर्ती हुन नसक्दा अस्पताल आफैं विरामी हुने अवस्थामा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्