सप्तरीमा सरकारी कागज कीर्ते गरेको आरोपमा मालपोतका एक कर्मचारी पक्राउ परे

सप्तरीमा सरकारी कागज कीर्ते गरेको आरोपमा मालपोतका एक कर्मचारी पक्राउ परे

सप्तरीमा सरकारी कागज कीर्ते गरेको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । राजविराजस्थित मालपोत कार्यालयका खरिदार नवीन विश्वकर्मालाई सरकारी काज कीर्ते गरेको आरोपमा आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ बस्ने ७६ वर्षीय फुरन चौधरी थारुले विश्वकर्माविरुद्ध लिखित उजुरी दिएकाले पक्राउ गरिएको प्रनाउ भारतीले बताउनुभयो । जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य थालिएको उहाँले बताउन्ुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्