प्रदेश १ प्रहरी प्रमुख डीआईजी ठाकुर ज्ञवाली आईजीपीमा नियुक्त

<span class='c1'>प्रदेश १ प्रहरी प्रमुख डीआईजी</span> <span class='c2'>ठाकुर ज्ञवाली आईजीपीमा नियुक्त</span>

काठमाडौं । सरकारले नेपाल प्रहरीको २७औं आईजीपीमा ठाकुर ज्ञवालीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकले प्रदेश १ मा कार्यरत डीआईजी ज्ञवालीलाई आईजीपी बनाउने निर्णय गरेको हो ।

आईजीपी सर्वेन्द्र खनालसहित ३ एआईजी र १९ डीआईजीले मंगलबार मध्यरातबाट ३० वर्षे सेवाहदका कारण अवकाश पाउने छन् । ज्ञवाली ०४७ असार २५ देखि प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । ३० वर्षे सेवाहदका कारण उनको आईजीपीको कार्यकाल ५ महिनाको मात्रै हुनेछ । उनको प्रतिस्पर्धीका रुपमा डीआईजी तारणी लम्साल थिए ।

डीआईजीबाटै आईजीपी नियुक्त गर्दा डीआईजीमध्ये ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने, नेतृत्व प्रदान गर्न सक्ने, आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन÷परिचालन गर्नसक्ने हुनुपर्ने विषयलाई आधार मानिन्छ ।

को हुन ज्ञवाली ?
२०२२ असोज २८ गते प्यूठानको तत्कालीन बाधिकोट गाविसमा जन्मीएका ज्ञवाली मध्यम परिवारमा जन्मिए । बाल्यकाल गाउँमै बिताएका ज्ञवालीले राजनीति शास्त्रमा एमए गरेका छन् । उनीहरूका चार भाइ हुन् ।

ज्ञवालीका भाई श्याम ज्ञवाली पनि अहिले एसएसपी छन् । ज्ञवालीका भने एक छोरा र एक छोरी छन् । हाल काठमाडौंको वनस्थलीमा बस्दै आएका ज्ञवाली प्रहरी निरीक्षकबाट डीआईजीसम्म पुग्दा कुनै विवादमा परेका छैनन् । उनले यसअघि दाङ, रुकुम, बारा, झापा, केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश नम्बर एकको प्रहरी प्रमुख, लागुऔषध नियन्त्रण ब्युरोलगायतको कमान्ड र जिम्मेवारी सम्हालिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्