इटहरीमा फागुन १४ देखि २२ गतेसम्म दादुरा र रुवेलाविरुद्धको खोपका लागि तयारी तीव्र

<span class='c1'>इटहरीमा फागुन १४ देखि २२ गतेसम्म दादुरा</span> <span class='c2'>र रुवेलाविरुद्धको खोपका लागि तयारी तीव्र</span>

इटहरी, फागुन १ गते ।  इटहरी उपमहानगरमा फागुन १४ देखि २२ गतेसम्म दादुरा र रुवेलाविरुद्धको खोपका लागि तयारी तीव्र पारिएको छ । इटहरीमा नौ महिनादेखि पाँच वर्षमुनिका १४ हजार २४७ बालबालिकालाई दादुरा र रुवेलाविरुद्धको खोप प्रदान गरिनेछ ।

दादुरा र रुवेला खोप अभियानकै अवसरमा जन्मेदेखि पाँच वर्षसम्मका १७ हजार ३४६ बालबालिकालाई पोलियो थोपासमेत खुवाइने कार्यक्रम रहेको उपमहानगर स्वास्थ्य संयोजक रामचरण चौधरीले बताउनुभयो । इटहरीका ६४ स्थानमा खोप प्रदान गर्न २४ जनालाई तालीम दिइसकिएको छ । सबै वडामा अभिमुखीकरण कार्यक्रम गरिँदैछ ।

जन्मेदेखि पाँच वर्षसम्मका बालबालिका रहेका सबै घरहरुमा खोपका लागि निम्तो कार्ड पु¥याइने सरोकारवालासँग गरिएको नगरस्तरीय अभिमुखीकरण कार्यक्रममा जनस्वास्थ्य निरीक्षक घनश्याम सिग्देलले बताउनुभयो । खोप अभियानका लागि १८५ स्वयंसेवक परिचालन गरिनेछ । कार्यक्रममा इटहरी अस्पतालका डा मनिष शर्मा, स्वास्थ्यकर्मी रामकुमार धमला र जिल्ला जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स सिर्जना लिङथेपले रुवेला–दादुरा खोप अभियानको महत्वका बारेमा प्रकाश पार्नुभयो ।

इटहरी उपमहानगर–४ का अध्यक्ष चन्द्र भट्टराईले खोप अभियान सम्पन्न गर्न कार्यपालिकाले भरपुर सहयोग गर्ने बताउनुभयो । सामाजिक विकास तथा स्वास्थ्य महाशाखा प्रमुख भोजकला दवाडीले बालबालिकाको स्वस्थ भविष्य सुनिश्चिताका लागि खोप अभियान सफल बनाउन सम्बन्धित सबै सरोकारपक्षसँग आग्रह गर्नुभयो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्