धरानमा ट्याक्टरको चक्काले किचेर एक जनाको मृत्यु

<span class='c1'>धरानमा ट्याक्टरको चक्काले किचेर</span> <span class='c2'>एक जनाको मृत्यु</span>

सुनसरीको धरान उप-महानगरपालिका-५ ठिङगावारीमा ट्याक्टरको चक्काले किचेर १ जनाको मृत्यु भएको छ । आज दिउँसो ३ बजेको समयमा किसानचोकबाट ठिङगावारी तर्फ जाँदै गरेको को ५ त ७८४३ नम्बरको ट्याक्टरमा चढेर जाँदै गरेको अवस्थामा ट्याक्टरमा ब्रेक लगाउँदा उछिट्टिएर सोही ट्याक्टरको चक्काले किच्दा स्थानीय ४२ बर्षीय बुद्धराज लिम्बुको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

घटनास्थलमा उक्त कार्यालयबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया भईरहेको छ भने ट्याक्टर चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्