पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाबारे फैसला आज

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाबारे फैसला आज

काठमाडौं, फागुन ५ गते । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाबारे काठमाडौं जिल्ला अदालतले साेमबार फैसला गर्दैछ । पूर्वसभामुख महराविरुद्धको अन्तिम सुनुवाइ आइतबार सकिएको छ ।

जिल्ला अदालतका प्रवक्ता आनन्दकुमार श्रेष्ठका अनुसार मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । आइतबार समय अभावका कारण फैसला हुन सकेन । जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ चलेको थियो । पूर्वसभामुख महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, लव मैनाली, दिनमणी पोखरेल, डा। भीमार्जुन आचार्यलगायतले बहस गर्नुभएको थियो ।
संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि मुद्दा चलाइएको थियो । हाल उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्