मोरङको बेलबारीमा रहेको ड्रिमल्याण्ड फन पार्कमा आकर्षण बढ्दै (तस्बिरमा हेर्नुहोस)

मोरङको बेलबारीमा रहेको ड्रिमल्याण्ड फन पार्कमा आकर्षण बढ्दै (तस्बिरमा हेर्नुहोस)

प्रदेश नम्बर १  मोरङको बेलबारीमा रहेको ड्रिमल्याण्ड फन पार्कमा आगन्तुकहरुको  आकर्षण बढ्दै गएको छ । बेलवारी नगरपालिका वडा नम्बर ३ मा रहेको करिब १० करोडको लागतमा निर्माण गरिएको उक्त फन पार्क प्रदेश नम्बर १ कै नमुना पार्क बन्ने क्रममा रहेको छ ।

होटेल , रेस्टुरेन्ट सहित स्विमिङ पुल , इन्डोर बालबालिकालाई खेल्ने ठाउँ , बिभिन्न खेल लगायतको सुविधा सहित संचालनमा आएको उक्त पार्कमा दैनिक अवलोकनकर्ता बढ्ने क्रम जारीरहेको पार्कका निर्देशक विजय सुबेदीले बताए ।

पार्कमा बिभिन्न चाडपर्व लगायतमा बिभिन्न सांगीतिक ब्याण्ड सहितको कार्यक्रम समेत हुदै आएको छ । पार्कमा घुम्न आउनेमा बालबालिका देखि वृद्ध सम्म रहेका छन् ।

तस्बिरमा हेर्नुहोस :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्