पूर्वसभामुख कृष्णबहादुर महरा निर्दोष रहेको ठहर

<span class='c1'>पूर्वसभामुख कृष्णबहादुर महरा</span> <span class='c2'>निर्दोष रहेको ठहर</span>

पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाण्डू जिल्ला अदालतले जबरजस्ती करणी उद्योग मुद्दामा निर्दोष रहेको ठहर गरेको छ।

लामो समय चलेको बहस आइतवार सकिएपछि न्यायाधीश अम्बरराज पौडेलको इजालसले सोमवार फैसला सुनाएको हो।अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले भने: "अभियोग दाबी नपुगेकाले उनले सफाइ पाउने ठहर गरिएको छ।"

दशैँको ठिक अगाडि संसद् सचिवालयमै कार्यरत महिला कर्मचारीलाई डेरामा गएर बलात्कार प्रयास गरेको अभियोग लागेपछि पुर्पक्षका लागि थुनामा राखिएका महरा अदालतको फैसला गरेपछि रिहा हुनेछन्।महराले बलात्कार प्रयास गरेको आरोप अस्वीकार गर्दै आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्