निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन मन्त्री नियुक्त हुने, सपथ आजै

<span class='c1'>निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन</span> <span class='c2'>मन्त्री नियुक्त हुने, सपथ आजै</span>

काठमाडौ, फागुन ५ गते । निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त हुने हुनु भएको छ ।

रिक्त रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्न लाग्नु भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

प्रेस सल्लाहकार थापाका अनुसार तुम्बाहाङ्फेलाई सोमबार साढे तीन बजे शपथ ग्रहण गराउने तयारी भएको छ । उपेन्द्र यादवको वहिर्गमनपछि रिक्त रहेको कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आउनु भएको छ । सपथका लागि शितल निवासमा तयारी भइ रहेकाे राष्ट्रपतिका सल्लाहकार डा.भेषराज अधिकारीले बताउनुभयाे ।

समाजवादी पार्टीले सरकार छाडेपछि कानून मन्त्रालयसँगै सहरी विकास मन्त्रालय पनि खाली छ । तुम्बाहाङ्फेले आजै दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिने कार्यक्रम तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्