इनरुवामा निःशुल्क खानाको असर : होटल सुक्न थाले , होटल व्यवसायीलाई टाउको दुखाई

<span class='c1'>इनरुवामा निःशुल्क खानाको असर : होटल सुक्न</span> <span class='c2'>थाले , होटल व्यवसायीलाई टाउको दुखाई</span>

अमर काफ्ले

इनरुवा,  फागुन ०६ । ५७ टोलीका युवाहरुले थालेको निःशुल्क खाना खुवाउने अभियान गरिब, दुखी र असहायका हकमा राहत प्याकेज बनेपनि स्थानीय होटल व्यवसायीकालागि भने टाउको दुखाईको विषय बन्न पुग्यो ।

युवाहरुको पहलमा बसचोकमा टेण्ट नै गाडेर निःशुल्क खाना अभियान थालिएको थियो । उक्त अभियान यतिबेला भने सो स्थानबाट अलि पर सारिएको छ । स्थानान्तरणसँगै अभियानलाई समेत परिमार्जित गरिएको छ । सीमित व्यक्तिकालागि मात्र अभियान जीवन्त राखिएको छ ।

तीन दिनकालागि भनि थालिएको निःशुल्क खाना अभियान महिना दिन कट्दा गरिव, दुखी र असहायकालागि जति लाभकारी देखियो । त्यो भन्दा बढी छेउछाउका होटल व्यवसायीलाई टाउको दुखाई बन्न पुग्यो ।

सित्तैमा खान पाइने भएपछि जोकोहीले पटक पटक खाना खाइदिँदा दैनिक एक हजार बढीले खाना खाए । त्यसको प्रत्यक्ष असर होटल व्यवसायमा पर्यो । खाना बनाएर बेच्दै आएका बसचोक छेउछाउ मात्र नभएर सिङगो इनरुवा बजारमा रहेका खाना व्यापारीहरुले करिव महिना दिन ग्राहक अभाव झेले । नियमित बाहेकका अन्य ग्राहक होटलमा पुग्न छाडेपछि त्यसको प्रत्यक्ष प्रभाव निःशुल्क खाना अभियानमा समेत प¥यो ।

व्यवसायीहरुको दबाब र केहि अगुवा समेतको प्रेसर पछि अभियान पछि हटाइएको छ । ५७ टोलीले अभियानलाई व्यवस्थित बनाउन कार्यक्रम परिमार्जित गरिएको बताएपनि निःशुल्क अभियान होटल ब्यवसायीकालागि टाउको दुखाईको कारण बनेपछि स्थानान्तरण सँगै परिमार्जन गरिएको छ ।

एक महिना निःशुल्क अभियान चलाएका कार्यक्रमका संयोजक सत्य यादवले सहयोगीहरुबाट नगद लगायतका सहयोग उपलब्ध हुने क्रम अझै जारी छ । करिव २ लाख बढी रकम संकलन भएको बताएको ५७ टोलीले केहि अघि सम्म अभियानलाई महिनौं निरन्तरता दिने बताउने गरेको थियो ।

हाल भने उक्त टोलीले अभियानलाई व्यवस्थित बनाउन निःशुल्क कार्यक्रमलाई केहि मरिमार्जन गरिएको बताउन थालेको छ । ५७ टोलीले गरिव,दुखी, असहायको पहिचान गरी सीमित व्यक्तिलाई निःशुल्क खाना खुवाउने गरिएको बताएको छ ।

निःशुल्क कार्यक्रममा असहाय र गरिबका साथै नगरपालिका सहित आसपासका क्षेत्रका कामदारसँगै बटुवा लगायत इक्षा हुने जोकोहीले अभियान स्थलमा पुगेर खाना खाने गरेका थिए ।

निःशुल्क अभियानले सबैको ध्यान खिच्दै मनग्यै नगद सहितको खाद्यान्न सामग्री जुटाउन सफल देखिएको भएपनि कार्यक्रम स्थानान्तरण सँगै परिमार्जन भएपछि भने आर्थिक अपार्दशिताको विषय बाहिरिन थालेको छ ।

संस्थागत रुपमा अघि बढेको ५७ टोलीले हालसम्मको गतिविधि र खर्च विवरण सार्वजनिक गर्नुपर्ने नगरस्तरमा आवाज उठ्न थालेको छ ।

अभियानका संयोजक रहेका सत्य यादवले सबै हिसाबकिताब छर्लङग रहेकाले खर्च विवरण सार्वजनिक गर्न आफु सहित आफ्नो टोली तयारी अवस्थामा रहेको बताए ।

यादवले अभियानमा संकलित रकम कार्यक्रम दैनिकी संचालनकालागि अपुग भएपनि गरिब दुखीकालागि निःशुल्क अभियान भने जारी राखिएको बताए ।

यसैबिच समवन्धित विषयको समाचार तयार पार्ने क्रममा ५७टोली समक्ष जिज्ञासा राखिएपछि निःशुल्क खाना अभियानको हरहिसाब भने सार्वजनिक गरिएको छ ।

विभिन्न दाताहरुबाट प्राप्त नगद र खाद्यान्न सामग्रीको विवरण जारी गरेको अभियान टोलीले निःशुल्क खाना खुवाउने कार्यक्रम घरघाटाबाट संचालित रहेको जनाएको छ ।

-न्युज २४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्