संखुवासभाको चैनपुरबाट चन्द नेतृत्वको नेकपाका पाँच कार्यकर्ता विस्फोटक पदार्थसहित पक्राउ

संखुवासभाको चैनपुरबाट चन्द नेतृत्वको नेकपाका पाँच कार्यकर्ता विस्फोटक पदार्थसहित पक्राउ

ईन्द्र गिरी

संखुवासभा, फागुन ६ । संखुवासभाको चैनपुरबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पाँचजना कार्यकर्ता विस्फोटक पदार्थसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चैनपुर नगरपालिका–४, दोभानेका अग्नि भनिने सन्तोष तामाङसहित पाँचजना रहेका प्रहरीले जनाएको छ ।

संखुवासभाका विभिन्न स्थानमा आगजनी र बम विस्फोट गराउनेको खोजी गर्नेक्रममा उनीहरुलाई चैनपुर नगरपालिका–१, गुफापोखरीबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मिमबहादुर लामाले जानकारी दिए ।

गस्ती टोलीलाई देख्नसाथ शंकास्पद गतिविधि गर्दै प्रहरीमाथि आक्रमण गरेपछि हवाईफायर गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट रेडबुल बम, सकेट बम, विस्फोटमा प्रयोग हुने सेफ्टी फ्युजलगायत सामग्री बरामद गरिएको जनाइएको छ ।

यही फागुन २ गते पक्राउ परेका उनीहरुलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्