औद्योगिक करिडोरअन्तर्गतको सार्वजनिक जग्गा बेचबिखन गरेको आरोपमा ७ जना पक्राउ परे

औद्योगिक करिडोरअन्तर्गतको सार्वजनिक जग्गा बेचबिखन गरेको आरोपमा ७ जना पक्राउ परे

बारा । वीरगञ्ज–पथलैया औद्योगिक करिडोरअन्तर्गतको सार्वजनिक जग्गा बेचबिखन गरेको आरोपमा ७ जना प्रक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय सिमराले आज विभिन्न सूचनाका आधारमा कीर्ते कागजात बनाई जग्गा बेचबिखन गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बारा महागढीमाई ८ का बोहाब अन्सारी, बारा कलैया ६ का प्रल्हादप्रसाद रेग्मी, कैलालीको गोदावरी नगरपालिका ५ का बहादुर सिंह, दाङको घोराही उपमहानगरपालिका १८ का हस्तबहादुर नेपाली, वीरगञ्ज महानगरपालिका १८ का बलराम रौनियार, वीरगञ्ज नगरदाहका सलिम मिया र वीरगञ्ज बैरीयाका सुनिल कुमार यादव रहेको प्रहरीले जनाएको छ ।

सर्वोच्च अदालतको ‘लेटर प्याड’ स्टाम्प, कीर्ते हस्ताक्षरको माध्यमबाट करोडौँ मूल्यको सार्वजनिक सम्पति व्यक्तिको नाममा ल्याएको भन्दै प्रहरीले सक्रियता बढाएको थियो ।

यसमा संलग्न अरुहरुको पनि खोजी भइरहेको सीमराका प्रहरी नायव उपरक्षक गोविन्द पुरीले बताए । देशका विभिन्न ठाउँका भूमाफिया र कीर्ते गर्र्नेेहरु यतिबेला बाराको सिमरा जितपुरमा रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्