तेश्रो मदन स्मृति कप प्रदेश १ स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु

<span class='c1'>तेश्रो मदन स्मृति कप प्रदेश १</span> <span class='c2'>स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु</span>

सोलुखुम्बु । सोलुखुम्बुमा तेश्रो मदन स्मृति कप प्रदेश १ स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । मदन भण्डारी स्पोटस एकेडेमी १ नम्बर प्रदेश कमिटीको आयोजनामा मंगलबार शुरु भएको प्रतियोगितामा प्रदेश १ को १३ जिल्लाको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन सोलुखुम्बुका संघीय सांसद हेमकमार राई सुरवीर गरे । उद्घाटनका क्रममा सांसद राईले खेलकुदले देशलाई विश्वमा प्रचार गर्न सकिने भन्दै खेलकुदको विकासमा वर्तमान सरकार क्रियाशिल रहेको बताए ।
प्रदेश सांसद एवं नेकपा संसदीय दल प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पर्यटनका माध्यमवाट विश्वमा परिचित सोलुखुम्बुलाई खेलका माध्यमवाट चिनाउन आफूलागि परेको बताए ।
गाउँपालिका महासंघ प्रदेश १ का कोषाध्यक्ष एवं थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम थुलुङले पर्यटन र खेललाई सँगै अगाडी बढाउनु पर्ने आवश्यक्ता औल्याउए । एकेडेमीका प्रदेश १ अध्यक्ष सागर थापाले नेपाल पर्यटन बर्षलाई सघाउ पुर्याउँदै खेल क्षेत्रको विकासको लागि प्रतियोगिता आयोजना गरेको बताए ।

पहिलो दिनको खेल नतिजा
प्रतियोगिताको पहिलो दिन ८ खेलहरु सम्पन्न भएकाछन् । लिगकम नक आउटका आधारमा खेलाइएको खेलमा मोरङ, ओखलढुंगा, झापा, सुनसरी, सोलुखुम्बु, धनकुटा, ओखलढुंगा र तेह्रथुमले विजयी शुरुवात गरेको छ ।
पहिलो खेलमा सोलुखुम्बुले भोजपुरलाई २५ — १७ र २५ — २० को सोझो सेटमा पराजित गर्यो । मोरङले खोटाङलाई २५ — १४, १२ — २५ र २५ — २० मा पराजित गर्दा ओखलढुंगाले तेह्रथुमलाई २५ — १८ र २५ — २३ मा पराजित गर्यो । यस्तै झापाले धनकुटालाई २५ — २० र २६ — २४ को सोझो सेटमा पराजित गर्दा पाँचथर सुनसरीसँग २५ — १९ र २५ — २२ ले पराजित भयो । यसैगरी धनकुटाले इलामलाई २१ — २५, २५ — १९ र २५ — १७ मा पराजित गर्यो ।

ओखलढुंगाले खोटाङलाई २५ — १८ र २५ — १४ मा पराजित गर्दा र मोरङ र तेह्रथुम बीचको प्रतिस्पर्धात्मक खेलमा तेह्रथुम १९ — २५, २५ — २१ र २५ — १५ ले विजयी भयो ।
सोलुखुम्बु सदरमुकामस्थित योङ्ग स्टार क्लवमा जारी प्रतियोगिता फागुण १० मा सम्पन्न हुनेछ । प्रतियोगिताको विजेताले क्रमशः १ लाख ५० हजार, एक लाख र पचास हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्