रंगेलीमा सुत्केरी महिलाको मृत्यु प्रकरण : घटनाको छानबिन गर्न  छानबिन समिति गठन

रंगेलीमा सुत्केरी महिलाको मृत्यु प्रकरण : घटनाको छानबिन गर्न  छानबिन समिति गठन

रबिन्द्र बराल

विराटनगर फाल्गुन ७  । नवजात शिशु र सुत्केरी महिलाको मृत्यु चिकित्सकको लापरबाहीका कारण भएको भन्दै आफन्त प्रदर्शनमा उत्रिएपछि मोरङको रंगेली अस्पताल मंगलबार तनावपुर्ण भयो ।

सामान्य प्रसूतिमार्फत छोरा जन्माएकी रंगेली–९ दोहमनाकी २५ वर्षीया रविना सरदार र उनीबाट जन्मिएका नवजात शिशुको सोमबार मृत्यु भएपछि सुरु भएको आन्दोलनले उग्ररुप लिएको छ । रविनलाई सुत्केरी व्यथाले च्यापेपछि सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो । बिहान १० बजे सामान्य प्रसूति मार्फत उनले दोस्रो सन्तानका रुपमा छोरा जन्माइन ।
चिकित्सकको लापरबाहीले आमा र शिशुकै मृत्यु भएको भन्दै आफन्त र परिवारका सदस्यले अस्पताल बाहिर नाराबाजी र प्रदर्शन थालेपछि अवस्था तनावग्रस्त बनेको हो । उनीहरुले सुत्केरी र शिशुको शव बुझ्न अस्वीकार गरेका छन् ।

छानबिन समिति गठन

उक्त घटनाको छानबिन गर्न  छानबिन समिति गठन गरिएको छ   । काेशी अन्चल अस्पतालका डाक्टर अन्जु देवकाे संयाेजक्तवमा डाक्टर जिवननाथ धिताल,डाक्टर मधुमिताल राभव , वडा अध्यक्ष केदार चन्द राजवंशी पिडित पक्षबाट रंजित सरदार , भुमिसुधार सरदार ,लक्ष्मी कामत छानबिन समिति रहेका छन् र यो समितिले  साता दिन भित्र प्रतिवेदन प्रस्तुत गर्ने  जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्