फिदिमको मुस्कान चोकमा कृषि हाटबजार निर्माण गरिँदै

फिदिमको मुस्कान चोकमा कृषि हाटबजार निर्माण गरिँदै

पाँचथर । फिदिम नगरपालिका वडा नम्बर १ स्थित मुस्कान चोक छेउमा कृषि हाटबजार निर्माण गरिँदै छ ।

फिदिम नगरपालिकाको १० लाख रुपैया तथा संघिय सांसद कोषबाट १० लाख रुपैयाँ गरी २० लाख रुपैयाँको लागतमा हाटबजार निर्माणको कार्य भइरहेको छ ।

झण्डै ४० प्रतिशत जति काम सकिएको र आगामी असार मसान्तअघि सवै निर्माण कार्य सक्ने लक्ष्य अनुरुप काम भइरहेको उपभोक्ता निर्माण समितिका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिनुभयो ।

उक्त रकमबाट हाटबजारमा ठाउँ सम्याउने, सब्जीमण्डी निर्माण, ग्याबिङ वाल, शौचालय निर्माण गरिने समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्